प्याट कमिन्सले तोडे हरभजन सिंहको कीर्तिमान

काठमाडौं- कोलकाता नाइट राइडर्स (केकेआर)बाट आईपीएल खेलिरहेका प्याट कमिन्सले गएराति चेन्नईसँग भएको खेलमा बलिङमा खराब प्रदर्शन गरे ।

उनले चार ओभर बलिङ गर्दा बिनाविकेट ५८ रन खर्चिए । टिमका सबैभन्दा महत्वपूर्ण बलर मानिएका कमिन्स महँगा बन्दा आलोचनाका सिकार पनि भए ।

यद्यपि टिमलाई जित दिलाउन नसके पनि उनले दोस्रो इनिङ्समा ब्याटिङबाट भने आक्रामक पारी खेले । उनले ३४ बलमा ६ छक्का र चार चौकासहित अविजित ६६ रन बनाए ।

योसँगै कमिन्सले आईपीएलमा नयाँ कीर्तिमान बनाएका छन् । उनले आठौँ नम्बरमा आएर ६६ रनको पारी खेल्ने ब्याट्सम्यानको कीर्तिमान बनाएका हुन् ।

हालसम्म आईपीएलमा आठौँ नम्बरमा ब्याटिङ गर्ने कुनै पनि ब्याट्सम्यानले ६६ रनको पारी खेलेका थिएनन् ।

यसअघि आठौँ नम्बरमा आएर सर्वाधिक ठूलो पारी खेल्ने कीर्तिमान हरभजन सिंहको नाममा थियो ।

उनले सन् २०१५ मा मुम्बईबाट खेल्दै किंग्स इलावेन पञ्जाबविरुद्ध २६ बलमा ६ छक्का र पाँच चौकासहित ६४ रनको पारी खेलेका थिए ।

कमिन्सले एकै ओभरमा बनाए ३० रन

कमिन्सले अलराउन्डर साम करनको एकै ओभरमा ३० रन बनाउँदै टिमलाई जित नजिक पुर्याएका थिए ।

१६औँ ओभरमा उनले चार छक्काको मद्दतमा ३० रन बनाएका थिए ।

सो ओभरमा कमिन्सले लगातार तीन छक्का हिर्काए ।

उनले २३ बलमै अर्धशतक पूरा गरेका थिए । योसँगै कमिन्स यो सजनमा छिटो अर्धशतक बनाउने तेस्रो ब्याट्सम्यान भनेका छन् ।

Loading...