नेपालले पहिलो विकेट गुमायो, छक्का हिर्काइरहेका कुशल आउट

काठमाडौं- त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको हो ।

कुशललाई मुहम्मद अफिकले २.१ ओभरमा व्यक्तिगत १६ रनमा आउट भए । उनले आज दुई छक्काको मद्दतमा १२ बलमा १६ रन बनाए ।

कुशलले यसअघि लगातार तीन अर्धशतक बनाएका थिए ।

नेपालले आज टस हारेर ब्याटिङको मौका पाएको छ । यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा महत्वपूर्ण एक विकेट गुमाएर ५४ रन बनाएको छ ।

नेपालले प्लेइङ ११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले साहब आमल र अविनाश बोहरालाई विश्राम दिँदै कमलसिंह ऐरी र सुशान भारीलाई मौका दिएको छ ।

कमलको यो डेब्यू म्याच हो ।

जारी प्रतियोगितामा नेपालले तीन म्याच खेलेको छ । जसमा दुईमा जित र एक खेलमा हारको सामना गरेको छ ।

Loading...