राजस्थान भर्सेस आरसीबी, प्लेइङ-११ मा दुई खेलाडी परिवर्तन

काठमाडौं- भारतमा जारी १४औँ संस्करणको आईपीएलअन्तर्गत राजस्थान रोयल्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि मुम्बईमा सुरू हुनेछ ।

आरसीबीले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । उसले रजत पाटिदारको स्थानमा केन रिचडर्सनलाई समावेश गरेको छ ।

राजस्थानले पनि प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले जयदेव उनदकटको स्थानमा श्रेयस गोपाललाई मौका दिएको छ ।

जारी सिजनमा आरसीबीले तीन म्याच खेल्दा सबैमा जित हासिल गरेको छ । राजस्थानले भने तीन खेलमा एकमा मात्र जित हात पारेको छ ।

आरसीबीको प्लेइङ-११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, शाहबाज अहमद, ग्लेन म्याक्सवेल, बी डिभिलियर्स, काइल जेमिसन, वाशिङ्टन सुन्दर, हर्षल पटेल, केन रिचर्डसन, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

आरसीबीको प्लेइङ-११ : जोस बटलर, मनन बोहरा, सञ्जु सामसन (कप्तान), शिवम दुबे, डेविड मिलर, रियान पराग, राहुल तेवाटिया, क्रिस मोरिस, श्रेयस गोपाल, चेतन सकरिया र मुस्तफिजुर रहमान ।

Loading...