मुम्बईविरुद्ध पञ्जाबको फराकिलो जित, रोमाञ्चक बन्यो अंक तालिका

काठमाडौं- १४औँ सिजनको आईपीएलअन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध पञ्जाब किंग्स ९ विकेटले विजयी भएको छ ।

मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पञ्जाबले १७.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि केएल राहुलले अर्धशतकीय पारी खेले । उनले ५२ बलमा तीन चौका र तीन छक्कासहित अविजित ६० रन बनाए ।

त्यस्तै, क्रिस गेलले नटआउट ४३ र मयंक अग्रवालले २५ रनको योगदान दिए । बलिङमा राुहल चाहरले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनायो ।

उसका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । उनले ५२ बलमा पाँच चौका र दुई छक्कासहित ६३ रन बनाए ।

त्यस्तै, सूर्यकुमार यादवले ३३ र किरण पोलार्डले अविजित १६ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मोहम्मद शामी, रवि विश्नोईले दुई/दुई, दीपक हूडा र अर्शदीप सिंहले एक/एक विकेट लिए ।

आजको जितसँगै पञ्जाब अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । उसले पाँच म्याच खेल्दा दुईमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

यता पाँच पटकको आईपीएल उपाधि विजेता मुम्बईले पनि जारी सिजनमा पाँच म्याच खेल्दा तीनमा हार र दुई खेलमा जित हात पारेको छ ।

पञ्जाबको जितसँगै यस्तो बन्यो अंक तालिका :

Loading...