‘ओरेन्ज क्याप’को दौडमा १० ब्याट्सम्यान, कसको स्थान कहाँ? (सूचीसहित)

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलमा १७ म्याच सकिएका छन् ।

यो अवस्थासम्म सर्वाधिक रन बनाउने सूची (ओरेन्ज क्याप)को दौडको दोस्रो स्थानमा केएल राहुल उक्लिएका छन् ।

गएराति मुम्बईसँगको खेलमा अविजित ६० रन बनाउसँगै पञ्जाब किंग्सका कप्तानसमेत रहेका राहुल दोस्रो स्थानमा उक्लिएका हुन् ।

उनले पाँच म्याच खेल्दा तीन अर्धशतकका साथ २ सय २१ रन बनाएका छन् ।

सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा दिल्ली क्यापिटल्सका ओपनर शिखर धवन छन् । उनले चार म्याच खेल्दा दुई अर्धशतकको सहयोगमा २ सय ३१ रन बनाएका छन् ।

यो सूचीको तेस्रो स्थानमा मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा छन् । उनले पाँच खेलमा एक अर्धशतकको मद्दतमा २ सय १ रन बनाएका छन् ।

सर्वाधिक रन बनाउने सूचीको चौथो स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)का ग्लेन म्याक्सवेल छन् । उनले चार म्याचको तीन इनिङ्समा दुई अर्धशतकको मद्दतमा १ सय ७६ रन बनाएका छन् ।

यो सूचीको पाँचौ नम्बरमा सनराइजर्स हैदराबादका जोनी बेयरिस्टो छन् । उनले चार म्याचमा दुई अर्धशतक बनाउँदै १ सय ७३ रन जोडेका छन् ।

त्यस्तै, ‘ओरेन्ज क्याप’को दौडमा फाफ डुप्लेसिस (१६४), नीतिश राणा (१६४), सूर्यकुमार यादव (१५४), सञ्जु सामसन (१४५) र विराट कोहली (१४३ रन) क्रमशः पाँचौ, छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् ।

१७ म्याच सकिँदा सर्वाधिक रन बनाउने १० ब्याट्सम्यान :

Loading...