नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल, प्लेइङ-११ मा एक खेलाडी परिवर्तन

काठमाडौं- त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको फाइनलमा नेपालविरुद्ध नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेको छ ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल दिउँसो १ः१५ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ ।

नेपालले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । नेपालले सुशान भारीको स्थानमा अविनाश बोहरालाई स्थान दिएको छ ।

समूह चरणको पहिलो खेलमा नेदरल्याण्ड्सलाई नेपालले ९ विकेटले हराएको थियो । नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा भने नेपाल तीन विकेटले पराजित हुन पुग्यो ।

२ सय ७ रनको विशाल लक्ष्य दिँदा पनि नेपाल दोस्रो खेलमा पराजित भएको थियो । अघिल्लो खेलमा गरेका गल्तीलाई सुधार गर्दै नेपालले त्यहीअनुसार खेल्ने योजना बनाएको छ ।

नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी (विकेटकीपर), करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा र कमलसिंह ऐरी ।

Loading...