कुशलको अर्धशतक पूरा, बनाए नयाँ कीर्तिमान

काठमाडौं- घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध पनि नेपाली टिमका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

उनले आज ४३ बलमा पाँच चौका र दुई छक्का हिर्काउँदै अर्धशतक बनाएका हुन् ।

 

जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । योसँगै उनले नयाँ कीर्तिमान बनाएका छन् । कुशलले एकै सिरिजमा नेपालको तर्फबाट टी-२० चार अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन् ।

उनले यही सिरिजमा यसअघि खेलेका चार म्याचमा लगातार तीन अर्धशतक बनाएका थिए । नेपालले आज टस हारेर ब्याटिङ गरिरहेको छ ।

नेपालले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । नेपालले सुशान भारीको स्थानमा अविनाश बोहरालाई स्थान दिएको छ ।

नेपालको प्लेइङ-११: कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी (विकेटकीपर), करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा र कमलसिंह ऐरी ।

Loading...