राशिदको कलन्दर्सविरुद्ध गेलको टिमको फराकिलो हार

काठमाडौं- पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्लाडिटर्सविरुद्ध लाहोर कलन्दर्स ९ विकेटले विजयी भएको छ । क्वेटाले दिएको १ सय ८० रनको लक्ष्य लाहोरले १८.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।

पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्लाडिटर्सविउसका लागि फखर जमान र मोहम्मद हफीजले उत्कृष्ट ब्याटिङ गरे । जमानले ५२ बलमा आठ चौका र दुई छक्कासहित अविजित ८२ र हफीजले ३३ बलमा ६ छक्का र पाँच चौकासहित नटआउट ७३ रनको योगदान दिए ।

त्यस्तै, कप्तान सोहेल अख्तरले अविजित २१ रन बनाए । बलिङमा जहीद महम्मूदले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको ग्लाडिटर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रन बनायो ।

उसका लागि क्रिस गेलले उत्कृष्ट ब्याटिङ गरे । उनले ४० बलमा ६८ रनको उत्कृष्ट पारी खेले । त्यसक्रममा गेलले पाँच छक्का र पाँच चौका हिर्काए ।

सस्तैमा ओपनिङ ब्याट्सम्यान गुमाएको ग्लाडिटर्सको पारीलाई गेल र कप्तान सरफराज अहमदले सम्हालेका थिए ।

पाँचौ विकेटका लागि गेल र सरफराजबीच ७० बलमा १०१ रनको साझेदारी बनेको थियो । दोस्रो खेलमा क्वेटाले ओपनिङ ब्याट्सम्यानको भूमिका टम ब्यान्टन र सैम याबुलाई दिइएको थियो ।

त्यस्तै, मोहम्मद नवाजले अविजित ३३, आजम खानले १३, बेन कटिङले पाँच, टम ब्यान्टनले चार, सैम याबुले तीन र बेन कटिङले पाँचको योगदान दिए ।

बलिङमा हरिस रौफले तीन, राशिद खान, अहमद डानियल र शाहीनसाह अफ्रिदीले एक/एक विकेट लिए । जारी प्रतियोगितामा लाहोरको यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा पेशावर जल्मीलाई चार विकेटले हराएको थियो ।

ग्लाडिटयर्सको भने यो लगातार दोस्रो हार हो । पहिलो म्याचमा क्वेटा कराँची किंग्ससँग सात विकेटले पराजित भएको थियो ।

रुद्ध लाहोर कलन्दर्स ९ विकेटले विजयी भएको छ । क्वेटाले दिएको १ सय ८० रनको लक्ष्य लाहोरले १८.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।

Loading...