राजस्थान भर्सेस केकेआर : प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलको १८औँ म्याच अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि मुम्बईमा सुरू हुँदैछ ।

राजस्थानले प्लेइङ-११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले श्रेयस गोपाल र मनन बोहराको स्थानमा जयदेव उनादकट र यशस्वी जैसवाललाई मौका दिएको छ ।

केकेआरले भने प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले कमलेश नगरकोटीको स्थानमा शिवम मावीलाई अवसर दिएको छ ।

जारी सिजनमा राजस्थान र केकेआरले चार म्याच खेल्दा एक/एक खेलमा मात्र जित हासिल गरेका छन् ।

राजस्थानको प्लेइङ-११ : जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन (कप्तान), डेविड मिलर, शिवम दुबे, रियान पराग, राहुल तेवटिया, क्रिस मोरिस, जयदेव उनादकट, चेतन सकरिया र मुस्तफिजुर रहमान ।

केकेआरको प्लेइङ-११ : नितीश राणा, शुभमन गिल, राहुल त्रिपाठी, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक, सुनील नारायण, आन्द्रे रसेल, प्याट कमिन्स, वरुण चक्रवर्ती, शिवम मावी र प्रसिद्ध कृष्णा ।

Loading...