केकेआरविरुद्ध राजसथनको शानदार जित

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ ।

गएराति सम्पन्न खेलमा केकेआरले दिएको १ सय ३४ रनको लक्ष्य राजस्थानले १८.५ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

उसका लागि कप्तान सञ्जु सामसनले अविजित ४२, यशस्वी जैसवाल, विम दुबेले २२/२२ र डेविड मिलरले अविजित २४ रनको पारी खेले ।

ओपनर जोश बटलर भने पाँच रमै आउट भए ।

बलिङमा वरुण चक्रवर्तीले दुई, प्रशिद्ध कृष्णा र शिवम माविले एक/एक विकेट लिए ।

त्यसअघि, मुम्बईको वाङ्खडे क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको केकेआरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनायो ।

उसका लागि राहुल त्रिपाठीले ३६, दिनेश कार्तिकले २५, नीतिश राणाले २२, शुभमन गिलले २२ र प्याट कमिन्सले १० रन बनाए । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा क्रिस मोरिसले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा २३ रन खर्चदै चार विकेट लिए । त्यस्तै, चेतन सकारिया, जयदेव उनादकट र मुस्तफिजुर रहमानले एक/एक विकेट हात पारे ।

केकेआरलाई हराएसँगै राजस्थान अंक तालिकाको छैठौँ स्थानमा उक्लिएको छ । उसले पाँच म्याच खेल्दा दुई खेलमा जित हात पारेको छ ।

यता दुई पटक उपाधि जितिसकेको केकेआरले भने पाँच म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ ।

केकेआर दुई अंकका साथ तालिकाको पुछारमा छ ।

१८ म्याच सकिँदा यस्तो बन्यो अंक तालिका :

Loading...