कुशल मल्लले बनाए विश्वकीर्तिमान

काठमाडौं- नेपाली राष्ट्रिय टिमका युवा ब्याट्सम्यान कुशल मल्लले विश्वकीर्तिमान बनाएका छन् ।

उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने ब्याट्सम्यानको कीर्तिमान बनाएका हुन् ।

शनिबार त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध २४ बलमा पाँच छक्का र दुई चौकासहित ५० रन बनाउँदै उनले यो उपलब्धि हासिल गरे ।

कुशलले १७ वर्ष ५० दिनको उमेरमा अर्धशतक बनाएका हुन् ।

योसँगै उनले युगान्डाका ब्याट्सम्यान फ्रान्क आकांकवासाको नाममा रहेको कीर्तिमान भंग गरेका छन् ।

यसअघि आकांकवासाले टी-२० क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान बनाएका थिए । सो उपलब्धि उनले गत वर्ष फेब्रुअरीमा कतारविरुद्ध ६६ रनको पारी खेल्दै हासिल गरेका थिए ।

कुशलको नाममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो खेलाडीको कीर्तिमान छ ।

उनले २०२० को फेब्रुअरीमा अमेरिकाविरुद्ध आफ्नो डेब्यू एकदिवसीय अन्तर्राष्ट्रियमा ५० रन बनाउँदै सो कीर्तिमान बनाएका थिए ।

कुशलले १५ वर्ष ३४० दिनमा एकदिवसीय क्रिकेटमा सो कीर्तिमान आफ्नो नाममा बनाएका थिए । हालसम्म पनि उनको कीर्तिमान कायमै छ ।

Loading...