बाबर आजमले तोडे विराटको अर्को ठूलो कीर्तिमान

काठमाडौं- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले नयाँ कीर्तिमान बनाएका छन् ।

उनले कम इनिङ्समा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने ब्याट्सम्यानको कीर्तिमान बनाएका हुन् ।

बाबरले ५२ इनिङ्समै २ हजार रन पूरा गरे । उनले जिम्बाब्वेसँगको टी-२० सिरिजको अन्तिम खेलमा १७ रन बनाएसँगै यो उपलब्धि हासिल गरेका हुन् ।

यो खेलअघि बाबरले १ हजार ९ सय ८३ रन बनाएका थिए । योसँगै बाबरले भारतीय टिमका कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन् ।

विराटले ५६ इनिङ्समा टी-२० मा २ हजार रन पूरा गरेका थिए । उनी अब यो सूचीको दोस्रो स्थानमा खस्किएका छन् ।

कम इनिङ्समा २ हजार रन पूरा गर्ने ब्याट्सम्यानको सूचीको तेस्रो स्थानमा अष्ट्रेलियाका कप्तान आरोन फिन्च छन् । उनले ६२ इनिङ्समा २ हजार रन पूरा गरेका थिए ।

त्यस्तै, यो सूचीको चौथो, पाँचाैँ र छैठाैँ स्थानमा क्रमशः न्यूजिल्याण्डका ब्रेण्डन म्याक्लम (६६ इनिङ्स), मार्टिन गुप्टिल (६८ इनिङ्स) र आयरल्याण्डका पउल स्टर्लिङ (७२ इनिङ्स) छन् ।

Loading...