आरसीबीविरुद्ध चेन्नईको शानदार जित, रोमाञ्चक बन्यो अंक तालिका

काठमाडौं- भारतमा जारी १४औँ संस्करणको आईपीएलअन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ६९ रनले पराजित भएको छ ।

चेन्नईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको आरसीबीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।

उसका लागि देवदत्त पाडिक्लले ३४, ग्लेन म्याक्सवेलले २२, कायल जेमिसन र मोहम्मद सिराजले १२/१२ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा अलराउन्डर रवीन्द्र जडेजाले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा १३ रन दिएर तीन विकेट लिए ।

त्यस्तै, इमरान ताहिरले दुई, शार्दुल ठाकुर र साम करनले एक/एक विकेट लिए ।

त्यसअघि, मुम्बईको वाङ्खडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनायो ।

उसका लागि रवीन्द्र जडेजा र फाफ डुप्लेसिसले अर्धशतकीय पारी खेले ।

जडेजाले २८ बलमा पाँच छक्का र चार चौकासहित अविजित ६२ रनको पारी खेले । उनको यो आईपीएलको उच्च ब्याटिङ प्रदर्शन हो ।

त्यस्तै, डुप्लेसिसले ४१ बलमा १ छक्का र पाँच चौकाको मद्दतमा ५० रन बनाए ।

त्यस्तै, ऋतुराज गायकवाडले ३३, सुरेश रैनाले २४ र अम्बाती रायडूले १४ रन बनाए ।

बलिङमा हर्सल पटेलले तीन र युजवेन्द्र चहलले एक विकेट लिए ।

आजको सजतसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले पाँच म्याचमध्ये एक खेलमा मात्र हारको सामना गरेको छ ।

जारी संस्करणमा आरसीबीको यो पहिलो हारको । उसले पनि पाँच म्याच खेल्दा एक खेलमा मात्र हार ब्यहोरेको छ ।

१८ म्याच सकिँदा यस्तो बन्यो अंक तालिका :

Loading...