नेपालको टी-२० वरियता सुधार, यस्तो छ नयाँ स्थान

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ टी-२० वरियता सार्वजनिक गरेको छ ।

नयाँ वरियताअनुसार नेपालले एक स्थान सुधार गरेको छ ।

नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औँ स्थानमा उक्लिएको हो ।

शनिबार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको नेपालले वरियतामा पनि सुधार गरेको हो ।

आईसीसीले अपडेट गरेको नयाँ वरियताअनुसार नेपालको २८ खेलमा ५ हजार ११३ अंक र १८३ रेटिङ अंक छ ।

यसअघि नेपालभन्दा अगाडि रहेको स्कटल्यान्ड १५ औं स्थानमा झरेको छ । एसोसिएट राष्ट्रहरूमा नेपालभन्दा अघि रहेको यूएई १३ औँ स्थानमा छ ।

नेपालभन्दा पछि पपुवा न्युगिनी १६ औँ, नेदरल्यान्ड्स १७ औँ, ओमान १८ औँ, नामिबिया १९ औँ र सिंगापुर २० औँ स्थानमा छ ।

इंग्ल्याण्ड विश्व टी-२० वरीयतामा शीर्ष स्थानमा यथावत छ भने भारत दोस्रो, अष्ट्रेलिया तेस्रो र पाकिस्तान चौथो स्थानमा यथावत छ ।

यस्तै, न्यूजिल्याण्ड पाँचौ, साउथ अफ्रिका छैटौँ, अफगानिस्तान सातौँ, वेष्ट इन्डिज आठौँ, श्रीलंका नवौँ, बंगलादेश १० औँ, जिम्बावे ११ औँ र आयरल्याण्ड १२ औँ स्थानमा छ ।

Loading...