IPL : राजस्थानका थप एक खेलाडीले लिए नाम फिर्ता

काठमाडौं- आईपीएल टिम राजस्थान रोयल्सका थप एक खेलाडीले नाम फिर्ता लिएका छन् ।

नाम फिर्ता लिनेमा अष्ट्रेलियाका तीव्र गतिका बलर एन्ड्रयू टाय रहेका छन् ।

व्यक्तिगत कारण देखाउँदै एन्ड्रयु आईपीएलको बीचमै स्वदेश फर्किएका हुन् । आईपीएल २०२१ म बिचमै स्वदेश फर्किने उनी राजस्थानका चौथो खेलाडी हुन् ।

एन्ड्रयूअघि राजस्थानका बेन स्टोक्स, लियाम लिभिङस्टोन र जोफ्रा आर्चर आईपीएलबाट बाहिरिसकेका छन् ।

स्टोक्स र आर्चर चोटका कारण आईपीएलबाट बाहिरिएका हुन् ।

लिभिस्टोन भने बायो बबलको थकानका कारण स्वदेश फर्किएको बताइएको छ ।

जारी सिजनमा राजस्थानले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन ।

महत्वपूर्ण खेलाडीले धामधम नाम फिर्ता लिएसँगै राजस्थान झन कमजोर देखिएको छ ।

राजस्थानले पाँच म्याच खेल्दा दुईमा जित हासिल गर्दा तीन खेलमा हारको सामना गरेको छ ।

राजस्थानले आफ्नो छैटौँ म्याच २९ अप्रिलमा मुम्बई इण्डियन्सविरुद्ध खेल्ने छ ।

Loading...