विराट कोहलीलाई १२ लाख भारु जरिवाना

काठमाडौं- रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)का कप्तान विराट कोहलीमाथि जरिवाना लगाइएको छ ।

आइतबार चेन्नई सुपर किंग्स (सीएसके) सँग भएको खेलमा सुस्त ओभर गति (स्लो ओभर रेट)का लागि कोहलीमाथि १२ लाख भारु अर्थात् १९ लाख रुपैयाँ जरिवाना लगाइएको हो ।  

आईपीएलले जारी गरेको विज्ञप्तिअनुसार सुस्त ओभर गतिका लागि टीमको पहिलो अपराध भएकोले १२ लाख भारु जरिवाना तोकिएको हो ।

यो सिजनमा चेन्नईसँग आरसीबीको पहिलो हार थियो ।

यसअघि कोलकत्ता नाइट राइडर्स (केकेआर)का कप्तान इयोन मोर्गन, मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा र चेन्नई सुपर किंग्स (सीएसके)का कप्तान महेंद्र सिंह धोनीमाथि पनि १२ लाख भारु जरिवाना लागिसकेको छ ।

लगातार चार म्याच जितेको आरसीबी चेन्नईको खेलमा भने ६९ रनले पराजित भएको थियो ।

अंकतालिकामा चेन्नई सबैभन्दा माथि पुगेको छ ।

Loading...