धमाधम आईपीएल छोड्दै खेलाडी, स्वदेश फर्किए आरसीबीका २ महत्वपूर्ण सदस्य

काठमाडौं- आईपीएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)का दुई महत्वपूर्ण खेलाडी लिगको बीचमै स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किनेमा स्पिनर एडम जम्पा र तीव्र गतिका बलर केन रिचडर्सन रहेका छन् ।

व्यक्तिगत कारण देखाउँदै आईपीएलका बाँकी म्याच नखेल्ने निर्णयका साथ उनीहरू स्वदेश फर्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जारी सिजनमा रिडर्सनले एक म्याचमा प्लेइङ-११ मा मौका पाएका थिए ।

टिमले पाँच म्याच खेल्दा जम्पा भने बेन्चमै सीमित भएका थिए । आइतबार राति मात्रै दिल्ली क्यापिटल्सका रविचन्द्रन आश्विन र राजस्थान रोयल्सका एन्ड्रयू टायले आईपीएलमा बाँकी म्याच नखेल्ने निर्णय गरेका थिए ।

बढ्दो कोरोना संक्रमण तथा व्यक्तिगत कारण देखाउँदै धमाधम विदेशी खेलाडीले आईपीएलबाट नाम फिर्ता लिइरहेका छन् ।

केही दिनअघि मात्र राजस्थानकै लायम लिभिङस्टोनले बाँकी म्याच नखेल्ने निर्णय लिएका थिए ।

भारतमा भइरहेको १४ औँ सिजनमा २० म्याच सकिसकेका छन् । कोरोना संक्रमणका कारण म्याचहरू दर्शकबिनाको मैदानमा भइरहेका छन् ।

२० म्याचको समाप्तिमा चेन्नई सुपर किंग्स (सीएसके) अंक तालिकाको शीर्ष स्थानमा छ ।

अंक तालिका :

Loading...