पञ्जाबविरुद्ध बलिङ गर्दै केकेआर, यस्तो छ दुवैको प्लेइङ-११

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) ले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरू हुँदैछ ।

पञ्जाबले आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले फाबियन आलेनको स्थानमा क्रिस जोर्डनलाई मौका दिएको छ ।

केकेआरले भने आज पनि अघिल्लो खेलकै प्लेइङ-११ लाई मौका दिएको छ ।जारी सिजनमा केकेआरले पाँच म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ ।

पञ्जाबले पाँच म्याचमध्ये दुई खेलमा जित हात पारेको छ ।

केकेआरको प्लेइङ-११ : नीतिश राणा, शुभमन गिल, राहुल त्रिपाठी, सुनील नारायण, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेटकीपर), आन्द्रे रसेल, प्याट कमिन्स, शिवम मावी, प्रसिद्ध कृष्णा र वरुण चक्रवर्ती ।

पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तान/विकेटकीपर), मयंक अग्रवाल, क्रिस गेल, दीपक हूडा, निकोलस पूरन, मोइसेस हेनरिक्स, शाहरुख खान, क्रिस जोर्डन, मोहम्मद शामी, रवि बिश्नोई र अर्शदीप सिंह ।

Loading...