तस्बिरमा हेर्नुस् क्रिकेटर सोमपाल कामीको दसैं

काठमाडौं ।

आज नेपालीहरूको महान् पर्व बडादसैंको प्रमुख दिन प्रमुख दिन । आजको दिन मान्यजनबाट टीका लगाएर मनाइन्छ । देश तथा विदेशमा रहेका नेपालीले विजयदशमीलाई भव्यताका साथ मनाएका छन् । नेपाली क्रिकेट खेलाडीहरूले पनि परिवारसँग बसेर दसैं मनाएका छन् ।

विगतमा खेलकुद गतिविधिका कारण घर बाहिर हुने नेपाली क्रिकेटरले यस वर्ष भने आरामका साथ दसैंको टीका थाप्न पाए । राष्ट्रिय टिमका प्रमुख खेलाडीमध्येका एक सोमपाल कामीले पनि यसपटक परिवारसँग बसेर दसैंको टीका ग्रहण गरे । उनले दसैंको टीका ग्रहण गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिकसमेत गरेका छन् । सोमपालले टीका ग्रहण गर्नुका साथै आफ्नो श्रीमतीलाई टीकाजमरा समेत लगाइदिएका छन् । तस्बिरमा हेर्नुस् सोमपालको दसैं :

Leave A Reply

Your email address will not be published.