पञ्जाबविरुद्ध केकेआर विजयी, रोमाञ्चक बन्यो अंक तालिका

काठमाडौं- १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) ५ विकेटले विजयी भएको छ ।

पञ्जाबले दिएको १ सय २४ रनको लक्ष्य केकेआरले १६.४ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि कप्तान इयोन मोर्गनले उत्कृष्ट पारी खेले । उनले ४० बलमा चार चौका र दुई छक्कासहित अविजित ४७ रन बनाए ।

त्यस्तै, राहुल त्रिपाठीले ४१, दिनेश कार्तिकले अविजित १२ र आन्द्रे रसेलले १० रनको योगदान दिए ।

बलिङमा दीपक हूडा, मोइसेस हेनरिक्स, अर्शदीप सिंह र मोहम्मद शामीले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनायो ।

उसका लागि मयंक अग्रवालले ३१, निकोलश पूरनले ३०, कप्तान केएल राहुलले १९/१९, र साहरुख खानले १३ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा प्रशिद्ध कृष्णले तीन, सुनील नारायण, प्याट कमिन्सले तीन/तीन, वरुण चक्रवर्ती र शिवम माविले एक/एक लिए ।

आजको जितसँगै केकेआर अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । उसले ६ म्याच खेल्दा चारमा हार र दुई खेलमा जित हासिल गरेको छ ।

पञ्जाबले पनि ६ म्याचमा चारमा हार र दुई खेलमा जित हात पारेको छ ।

२१ म्याच सकिँदा अंक तालिका :

Loading...