दिल्ली र आरसीबी खेल्दै आज, दुई ठूलो परिवर्तनको सम्भावना

काठमाडौं- १४औँ सिजनको आईपीएलको २२औँ म्याचमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) खेल्दैछन् ।

यी दुई टिमबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरू हुनेछ ।

आरसीबीविरुद्ध दिल्लीले प्लेइङ-११ मा एक खेलडी परिवर्तन गर्ने सम्भावना छ । उसले शिमरोन हेटमायरलाई विश्राम दिँदै एनरिक नोर्टजेलाई मौका दिने सम्भावना छ ।  गएरति भएको केकेआर र पञ्जाबविरुद्धको खेलमा तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसकारण दिल्लीले हेटमायरको स्थानमा एनरिक नोर्टजेले मौका पाउन सक्छन् ।

आरसीबीविरुद्ध नोर्टजेको विगत राम्रो छ । उनले गत सिजनमा आरसीबीसँगको एक खेलमा महत्वपूर्ण तीन विकेट लिएका थिए ।

सो खेलमा नोर्टजे ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।

त्यस्तै, रविचन्द्रन आश्विनको स्थानमा दिल्लीले लित यादवलाई मौका दिने सम्भावना छ ।

जारी प्रतियोगितामा दुवै टिमले पाँच म्याच खेल्दा चार/चारमा जित र एकएक खेलमा हारको सामना गरेका छन् ।

अंक तालिकामा दिल्ली दोस्रो र आरसीबी तेस्रो स्थानमा छन् ।

दिल्लीसँगका पछिल्ला पाँच म्याचमा आरसीबीले एक खेलमा मात्र जित हासिल गर्न सफल भएको छ । उसले दिल्लीलाई अन्तिम पटक २०१८ को आईपीएलमा हराएको थियो ।

यो पटक दिल्लीमा ऋषभ पन्त कप्तान छन् । आरसीबीको नेतृत्व भने आईपीएल २०२१ म विराट कोहलीले नै गर्दैछन् । हालसम्म आरसीबी-दिल्ली दुवैले उपाधि जित्न सकेका छैनन् ।

आरसीबी तीन र दिल्ली हालसम्म एक पटक फाइनलमा पुगेका छन् । पटकपटक फाइनल पुग्दा पनि उपाधि हात पार्न नसकेको आरसीबीको लक्ष्य यो पटक उपाधि जित्ने छ ।

आरसीबी र दिल्लीलाई यो पटक पनि उपाधि दाबेदार टिमका रूपमा हेरिएको छ ।

जारी सिजनमा यी दुवै टिमले प्रदर्शन पनि अपेक्षाकृत नै गरिरहेका छन् । उच्च लयमा देखिएका आरसीबी र दिल्लीबीचको म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ ।

दिल्लीको सम्भावित-११ : शिखर धवन, पृथ्वी शा, स्टिभ स्मिथ, ऋषभ पन्त (कप्तान/विकेटकीपर), मार्कस स्टोइनिस, ललित यादव, अक्षर पटेल, कागिसो रबाडा, आवेश खान, एनरिक नोर्टजे र अमित मिश्रा ।

आरसीबीको सम्भावित-११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, वासिङ्टन सुन्दर, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर), ड्यान क्रिश्चियन, काइल जेमिसन, हर्षल पटेल, मोहम्मद सिराज, युजवेन्द्र चहल र नवदीप सैनी ।

Loading...