आरसीबीविरुद्ध दिल्लीले टस जित्यो, प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन

काठमाडौं- १४औँ सिजनको आईपीएलको २२औँ म्याचअन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरू हुँदैछ । दिल्लीले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ ।

उसले रविचन्द्रन आश्विनको स्थानमा इशान्त शर्मालाई मौका दिएको छ । जारी सिजनमा इशान्तले पहिलो म्याच खेल्न लागेका हुन् ।

आरसीबीले भने प्लेइङ-११ मा दुई खेलाडी परिवर्तन गरेको छ । उसले नवदीप सैनी र ड्यान क्रिस्टियनलाई आराम दिँदै डानियल साम्स र रजद पाटिदारलाई अवसर दिएको छ ।

जारी प्रतियोगितामा दुवै टिमले पाँच म्याच खेल्दा चार/चारमा जित र एकएक खेलमा हारको सामना गरेका छन् ।

अंक तालिकामा दिल्ली दोस्रो र आरसीबी तेस्रो स्थानमा छन् ।

दिल्लीको प्लेइङ-११ : शिखर धवन, पृथ्वी शा, स्टिभ स्मिथ, ऋषभ पन्त (कप्तान/विकेटकीपर), मार्कस स्टोइनिस,इशान्त शर्मा, अक्षर पटेल, कागिसो रबाडा, आवेश खान, शिमरोन हेटमायर र अमित मिश्रा ।

आरसीबीको प्लेइङ-११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, रजद पाटिदार, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर), डानियल साम्स, काइल जेमिसन, वासिङ्टन सुन्दर, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

Loading...