रिचडर्सनको स्थानमा आरसीबीले भित्र्यायो नयाँ खेलाडी

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलका लागि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले केन रिचडर्सनको स्थानमा नयाँ खेलाडीलाई अनुबन्ध गरेको छ ।

उसले रिचडर्सनको स्थानमा न्यूजिल्याण्डका तीव्र गतिका बलर स्कट कुग्लाइनलाई अनुबन्ध गरेको हो ।

रिचडर्सनले सोमबार व्यक्तिगत कारण देखाउँदै आईपीएलका बाँकी म्याच नखेल्ने घोषणा गरेका थिए । साथै, एडम जम्पाले पनि आईपीएलका बाँकी म्याच नखेल्ने भएका छन् ।

उनको स्थानमा भने मंगलबारसम्म आरसीबीले नयाँ खेलाडी भित्र्याइसकेको छैन ।

रिचडर्सनको स्थानमा टिममा अनुबन्ध भएका कुग्लाइनले यसअघि पनि आईपीएल खेलिसकेका छन् । उनले यसअघि चुन्नई सुपर किंग्स (सीएसके)बाट आईपीएल खेलेका थिए ।

२९ वर्षीय कुग्लाइनले हालसम्म न्यूजिल्याण्ड टिमबाट १६ टी-२० र दुई एकदिवसीय म्याच खेलेका छन् । उनी बलिङका साथै ब्याटिङ पनि गर्न सक्छन् ।

Loading...