आरसीबीविरुद्ध दिल्ली १ रनले पराजित, यस्तो बन्यो अंक तालिका

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) एक रनले विजयी भएको छ ।

जारी सिजनमा आरसीबीको यो पाँचौ जित हो । उसले ६ म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ ।

आज अहमदबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा खेलमा आरसीबीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन बनायो ।

उसका लागि ऋषभ पन्तले अविजित ५८, शिमरोन हेटमायरले नटआउट ५३, मार्कस स्टोइनिसले २२ र पृथ्वी शाले २१ रन बनाए ।

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा हर्षल पटेल, कायल जेमिसन र मोहम्मद सिराजले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

उसका लागि एबी डिभिलियर्सले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा पाँच छक्का र तीन चौकासहित अविजित ७५ रन बनाए ।

योसँगै डिभिलियर्सले कम बल खेल्दै आईपीएल इतिहासमा सर्वाधिक छिटो पाँच हजार रन पूरा गर्ने ब्याट्सम्यानको कीर्तिमान पनि बनाएका छन् ।

त्यस्तै, रजद पाटिदारले ३१, ग्लेन म्याक्सवेलले २५, देवदत्त पाडिक्कले १७ र विराट कोहलीले १२ रनको योगदान दिए ।

बलिङमा अक्षर पटेल, अमित मिश्रा, इशान्त शर्मा, आवेश खान र कागिसो रबाडाले एक/एक विकेट लिए ।

उनले पञ्जाब किंग्सविरुद्ध हालसम्म ९ सय ४३ रन बनाएका छन् ।

आजको जिसँगै आरसीबी शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली भने तेस्रो स्थानमा खस्किएको छ ।

२२ म्याच सकिँदा यस्तो बन्यो अंक तालिका :

Loading...