क्यारेबियन प्रिमियर लिगको मिति सार्वजनिक, सन्दीपले खेल्ने सम्भावना?

काठमाडौं- वेष्ट इण्डिजको क्यारेबियन प्रिमियमर लिग (सीपीएल)को आसन्न संस्करणको मिति सार्वजनिक गरिएको छ ।

सार्वजनिक मितिअनुसार यो सिजनको सीपीएल २८ अगस्टदेखि सुरू हुनेछ ।

सीपीएल २०२१ को संस्करणको आयोजना सेन्ट किट्स नेभिसले गर्नेछ । सेन्ट किट्समा कोरोना संक्रमण दर निकै कम छ ।

गत सिजनको सीपीएल उपाधि ट्रीनबागो नाइट राइडर्सले जितेको थियो ।

सीपीएलको पछिल्लो तीन संस्करणमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले लगातार सहभागिता जनाइरहेका छन् ।

उनले जमैका तल्लावाज, सेन्ट किट्स नेभिस प्यट्रियट्स र बार्बाडोस ट्राइडेन्टसबाट सीपीएल खेलिसकेका छन् ।

सन्दीपले गत सिजनको सीपीएलमा उत्कृष्ट बलिङ गरेका थिए । गत संस्करणमा उनी सर्वाधिक विकेट लिने सूचीको सातौँ स्थानमा रहेका थिए ।

सन्दीपले सीपीएल २०२० मा ११ म्याचमा २११ रन दिएर १२ विकेट लिएका थिए ।

यो पटक पनि सन्दीपले सीपीएल खेल्ने सम्भावना छ । जुन र जुलाइमा उनले इंग्ल्याण्डको द हन्ड्रेड र भाइलीडिटी ब्लास्ट खेल्ने तालिका छ ।

अगस्टमा नेपालको प्रतियोगिता नभएको अवस्थामा सन्दीपले यो पटक पनि सीपीएल खेल्नेछन् ।

Loading...