सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा उक्लिए फाफ, यस्तो छ अन्यको स्थान (सूचीसहित)

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलमा २३ म्याच सकिसकेका छन् ।

२३ म्याचको समाप्तिमा ‘ओरेन्ज क्याप’ तथा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीको शीर्ष स्थानमा फाफ डुप्लेसिस उक्लिएका छन् ।

उनी शिखर धवनलाई पछि पार्दै ओरेन्ज क्याप दौडको शीर्ष स्थानमा उक्लिएका हुन् । गएराति भएको खेलमा सनराइजर्स हैदराबादविरुद्ध ५६ रन बनाउँदै डुप्लेसिस शीर्ष स्थानमा उक्लिए ।

जारी सिजनमा पनि फाफले चेन्नई सुपर किंग्स (सीएसके)बाटै आईपीएल खेलिरहेका छन् । उनले ६ म्याच खेल्दा तीन अर्धशतकको मद्दतमा २ सय ७० रन बनाएका छन् । सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा दिल्ली क्यापिटल्सका शिखर धवन छन् । उनले ६ खेलमा दुई अर्धशतकको मद्दतमा २ सय ६५ रन बनाएका छन् ।

यो सूचीको तेस्रो नम्बरमा पञ्जाब किंग्सका केएल राहुल छन् । उनले ६ म्याचमा तीन अर्धशतकको सहयोगमा २ सय ४० रन जोडिसकेका छन् ।

ओरेन्ज क्यापको दौडको चौथो र पाँचौ नम्बरमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)का ग्लेन म्याक्सवेल र सनराइजर्स हैदराबादका जोनी बेयरिस्टो छन् । म्याक्सवेलले ६ म्याचको पाँच इनिङ्समा २ सय २३ रन बनाएका छन् ।

त्यस्तै, पाँच स्थानमा रहेका बेयरिस्टोले ६ म्याचमा दुई अर्धशतकको सहयोगमा २ सय १८ रन बनाएका छन् ।

त्यस्तै, एबी डिभिलियर्स (२०४ रन), रोहित शर्मा (२०१ रन), डेविड वार्नर (१९३ रन), ऋतुराज गायकवाड (१९२ रन) र देवदत्त पाडिक्कल (१८८ रन) का साथ क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् ।

२३ म्याच सकिँदा सर्वाधिक रन बनाउने १० ब्याट्सम्यान :

Loading...