यी पाँच नेपाली ब्याट्सम्यान : जसले टी-२० मा धेरै छक्का हिर्काए

काठमाडौं– गएको वैशाखमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी-२० सिरिज जित्यो ।

११ वर्षपछि घरेलु मैदानमा टी-२० सिरिज जितेपछि नेपाली क्रिकेट टिमको चर्चा चुलिएको थियो ।

तस्बिर : कान्तिपुर

यो सिरिजमा नेपाली खेलाडीले विभिन्न कीर्तिमान आफ्नो नाममा बनाए । नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच भएको यो सिरिजमा ब्याट्सम्यानले चौका/छक्काको वर्षा गरे ।

सिरिजमा नेपाली ब्याट्सम्यानले आक्रामक पारी मात्र खेलेनन् आगामी नेपाल क्रिकेट यात्राको भविष्यको बाटो पनि थप फराकिलो बनाउने संकेत देखाए ।

यसैबीच, आज हालसम्म टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का हिर्काउने पाँच ब्याट्सम्यानको चर्चा गर्दैछौँ :

१. ज्ञानेन्द्र मल्ल

नेपालको तर्फबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का हिर्काउने कीर्तिमान कप्तान ज्ञानेन्द्र मल्लको नाममा छ ।

उनले हालसम्म ३२ म्याचको २९ इनिङ्समा सर्वाधिक ३१ छक्का प्रहार गरेका छन् ।

२. पारस खड्का

यो सूचीको दोस्रो स्थानमा पूर्वकप्तान पारस खड्काको नाम आउँछ । उनले हालसम्म ३३ म्याच खेलेका छन् ।

जसक्रममा पारसले २६ छक्का हिर्काएका छन् ।

३. करण केसी

टी-२० मा नेपालको तर्फबाट सर्वाधिक छक्का प्रहार गर्ने मामलामा करण केसी तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म ३३ म्याचको २० इनिङ्समा ब्याटिङको मौका पाएका छन् ।

करणले हालसम्म २० छक्का प्रहार गरेका छन् । उनले हालै सम्पन्न त्रिकोणात्मक सिरिजमा छक्काको वर्षा गरेका थिए ।

४. कुशल भुर्तेल

कुशलले यही त्रिकोणात्मक टी-२० सिरिजमा डेब्यू गरेका थिए । उनले डेब्यू सिरिजमै उत्कृष्ट प्रदर्शन गरे ।

कुशलले सिरिजका सबै म्याचमा ब्याटिङको मौका पाए । उनले पाँच म्याचमा १६ चौका प्रहार गरेका छन् । कुशलले पाँच म्याचमा २ सय ७८ रन बनाएका छन् ।

५. दीपेन्द्रसिंह ऐरी

यो सूचीको पाँचौ स्थानमा उपकप्तान दीपेन्द्रसिंह ऐरीको नाम आउँछ । उनले २६ म्याच खेल्दा १५ छक्का हिर्काएका छन् ।

हालसम्म ऐरीले २६ म्याचको २२ इनिङ्स मात्र खेल्न पाएका छन् । जसमा उनले एक अर्धशतकको मद्दतमा ४ सय ७७ रन बनाएका छन् ।

Loading...