राजस्थान ब्याटिङ गर्दै, मुम्बईले महत्वपूर्ण ब्याट्सम्यानलाई विश्राम दियो

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलमा राजस्थान रोयल्सविरुद्ध मुम्बई इण्डियन्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल ३ः४५ बजेदेखि दिल्लीमा सुरू हुँदैछ ।

मुम्बईले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । उसले इशान किशनलाई विश्राम दिँदै नाथनकुल्टर नाइललाई मौका दिएको छ ।

राजस्थानले भने अघिल्लो प्लेइङ सेटलाई मैदान उतारेको छ । जारी सिजनमा मुम्बईले पाँच म्याच खेल्दा दुईमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

राजस्थानले पनि पाँच म्याच मध्ये दुई खेलमा जित हासिल गरेको छ ।

राजस्थानको प्लेइङ-११ : जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन (कप्तान/विकेटकीपर), शिवम दुबे, डेविड मिलर, राहुल तेवटिया, रियान पराग, क्रिस मोरिस, जयदेव उनादकट, चेतन सकरिया र मुस्तफिजुर रहमान ।

मुम्बईको प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्विन्टन डिकक, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, किरण पोलार्ड, कृणाल पाण्ड्या, नाथन कउलटर(नाइल, जयन्त यादव, राहुल चहर, जसप्रीत बुमराह र ट्रेन्ट बोल्ट ।

Loading...