बेन स्टोक्सको स्थानमा राजस्थानले भित्र्यायो आक्रामक ब्याट्सम्यान

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलका लागि राजस्थान रोयल्सले बेन स्टोक्सको स्थानमा नयाँ खेलाडी अनुबन्ध गरेको छ ।

राजस्थानले स्टोक्सको स्थानमा दक्षिण अफ्रिकाका ब्याट्सम्यान रस्सीवानडर दुसेनलाई अनुबन्ध गरेको हो ।

स्टोक्स पहिलो म्याच खेल्दै आईपीएलबाट बाहिरिएका थिए । औँला भाच्चिएपछि उनले आईपीएलका बाँकी म्याच नखेल्ने निर्णय लिएका थिए ।

स्टोक्सको अनुपस्थितिमा राजस्थानले लगातार म्याच हारिरहेको थियो ।

अब उनको स्थानमा राजस्थानले दुसेनलाई टिममा भित्र्याएको छ । दुसेन पछिल्लो समय लगातार राम्रो प्रदर्शन गरिरहेका छन् ।

उनले हालसम्म आईपीएलमा भने डेब्यू गरिसकेका छैनन् ।

दुसेनले दक्षिण अफ्रिकाका लागि हालसम्म २० टी-२० आई म्याच खेलिसकेका छन् । जसमा उनले १३८.६३ को स्ट्राइक रेटमा ६ सय २८ रन बनाएका छन् ।

राजस्थानले लायम लिभिङस्टोन, एन्ड्रयू टाय र जोफ्रा आर्चरको स्थानमा भने खेलाडी अनुबन्ध गरिसकेको छैन ।

राजस्थानले जारी सिजनमा पाँच म्याच खेल्दा दुईमा जित र तीन खेलमा हारको सामना गरेको छ । यो पटक राजस्थानमा सञ्जु सामसन कप्तान छन् ।

Loading...