लयमा फर्कियो मुम्बई, राजस्थानविरुद्ध फराकिलो जित

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत राजस्थान रोयल्सविरुद्ध मुम्बई इण्डियन्स ७ विकेटले विजयी भएको छ ।

राजस्थानले दिएको १ सय ७२ रनको लक्ष्य मुम्बईले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि ओपनर क्विन्टन डिककले अर्धशतीय पारी खेले । उनले ५० बलमा ६ चौका र दुई छक्कासहित अविजित ७० रन बनाए ।

त्यस्तै, कृणाल पाण्ड्याले ३९, सूर्यकुमार यादवले १६, कप्तान रोहित शर्माले १४ र किरण पोलार्डले नटआउट १७ रनको योगदान दिए ।

बलिङमा क्रिस मोरिसले दुई र मुस्तफिजुर रहानले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको पाएको राजस्थानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ७१ रन बनायो ।

उसका लागि कप्तान सञ्जु सामसनले ४२, जोश बटलरले ४१, शिवम दुबेले ३५, यशस्वी जैसवालले ३२, डेविड मिलरले सात र रियान परागले अविजित आठ रन बनाए ।

बलिङमा राहुल चाहरले दुई, जसप्रीत बुमराह र ट्रेन्ट बोल्ट एक/एक विकेट लिए ।

आजको जितसँगै मुम्बई अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले ६ म्याच खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

राजस्थानले भने ६ म्याचमा केवल दुई खेलमा मात्र जित हासिल गरेको छ ।

मुम्बईको जितपछि अंक तालिका :

Loading...