नेपाली क्रिकेटर गौतम मोटो रकममा अष्ट्रेलियाको ‘बीपीएल’मा अनुबन्ध

काठमाडौं- अष्ट्रेलियामा रहेका नेपाली क्रिकेटर सुनम गौतम ब्रिसबेन प्रिमियर लिग (बीपीएल)मा अनुबन्ध भएका छन् ।

उनी ५० हजार अष्ट्रेलियन डलरमा लिग खेल्न अनुबन्ध भएका हुन् ।

सुनम बेसाइड पाईरेट्समा अनुबन्ध भएका हुन् । गौतमसॅंगै यस लिगमा अन्य चर्चित क्रिकेटरहरूले पनि खेल्दैछन् ।

यो लिग आगामी अगस्टमा हुनेछ ।

सुनमले अष्ट्रेलियाको घरेलु क्रिकेटमा २ सयभन्दा बढी म्याच खेलिसकेका छन् । जसमा उनले ५ हजारभन्दा बढी रन बनाउनुका साथै २ सय ४९ भन्दा बढी विकेट लिएका छन् ।

उनको सर्वाधिक स्कोर १८७ रन हो ।

त्यस्तै, सुमनको उत्कृस्ट बलिङ १४ रन दिएर ६ विकेट लिनु हो ।

उनले नेपालका लागि उमेर समूहमा देशको प्रतिनिधित्व गरिसकेका छन् ।

Loading...