पाकिस्तान सुपर लिग : राशिदको स्थानमा शाकिवले पाए मौका

काठमाडौं- पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ को बाँकी म्याचका लागि लाहोर कलन्दर्सले राशिद खानको स्थानमा नयाँ खेलाडी अनुबन्ध गरेको छ ।

उसले राशिदको ठाउँमा बंगलादेशका चर्चित अलराउन्डर शाकिवअल असनलाई अनुबन्ध गरेको हो ।

राशिद राष्ट्रिय टिमको म्याचका लागि स्वदेश फर्किएको बेला लाहोरले उनको स्थानमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई भित्र्याएको थियो । तर, कोरोना कारण सन्दीप एक म्याच नखेल्दै स्वदेश फर्किए ।

तर, यो पटक भने लाहोरले सन्दीपलाई भित्र्याएन । ९ जुनबाट इंग्ल्याण्डको टी-२० ब्लाल्स खेल्ने भएकाले सन्दीप पीएसएलका लागि उपलब्ध नभएका हुन् ।

कोरोनाका स्थगित भएको पीएसएलका बाँकी खेल १ जुनबाट पाकिस्तानमै सुरू हुनेछन् ।

कुन खेलाडीको स्थानमा को अनुबन्ध? हेर्नुस् सूची :

Loading...