नेपालले खेल्ने सिरिज स्थगित गर्ने निर्णय (सूचनासहित)

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपालले खेल्ने विभिन्न देशसँगका सिरिज तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै क्यानले विभिन्न देशसँग हुने द्विपक्षीय एवं त्रिपक्षीय सिरिज स्थगित गर्ने निर्णय गरेको हो ।

‘कोभिड-१९ को वर्तमान अवस्थामा सुधार नआएकासम्म र संघबाट अर्को सूचना जारी नभएसम्म संघबाट प्रस्तावित राष्ट्रिय प्रतियोगिताहरूलगायत जिल्ला छनोट एवं प्रादेशकि प्रतियोगिता तथा विभिन्न राष्ट्रसँग हुने भनिएका द्विपक्षीय एवं त्रिपक्षीय सिरिजहरू तत्कालका लागि स्थगित गरिएको ब्यहोरा जानकारी गराउँछौँ,’ क्यानले आज सूचना जारी गर्दै भनेको छ ।

नेपालले यही महिनाको अन्तिमतिर नामिबियासँग एकदिवसीय सिरिज खेल्ने तयारी थालेको थियो । तर, दिनहुँ कोरोना संक्रमण बढ्दै गएपछि सिरिज स्थगित भएको हो ।

हल नेपालमा दैनिक चार हजारभन्दा बढी संक्रमित थपिरहेका छन् ।

क्यानको सूचना :

Loading...