आरसीबीविरुद्ध पञ्जाबको प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरू हुँदैछ ।

आरसीबीले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । उसले वासिङ्टन सुन्दरको स्थानमा साहबाज अहमदलाई मौका दिएको छ ।

पञ्जाबले भने प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन गरेको छ ।

उसले मोइसेस हेनरिक्स, मयंक अग्रवाल र अर्शदीप सिंहलाई आराम दिँदै रीलि मेरिडिथ, हरप्रीत ब्रार र प्रभुसिमरन सिंहलाई मौका दिएको छ ।

जारी संस्करणमा आरसीबीले ६ म्याच खेल्दा पाँचमा जित र एक खेलमा मात्र हार ब्यहोरेको छ । पञ्जाबले भने ६ खेलमा दुई जित र चार खेलमा हारको सामना गरेको छ ।

पछिल्ला पाँच खेलमा आरसीबीले पञ्जाबलाई तीन खेलमा पराजित गरेको छ । गत सिजनका दुवै खेलमा भने पञ्जाबले आरसीबीलाई हराएको थियो ।

पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तानरविकेटकीपर), क्रिस गेल, प्रभुसिमरन सिंह, दीपक हूडा, निकोलस पूरन, रिले मेरीडिथ, शाहरुख खान, क्रिस जोर्डन, रवि विश्नोई, मोहम्मद शामी र हरप्रीत ब्रार ।

आरसीबी प्लेइङ-११ : विराट कोहली (कप्तान), देववदत्त पाडिक्कल, रजत पाटीदार, ग्लेन मैक्सवेल, एबी डिभिलियर्स, सहबाज अहमद, काइल जेमिसन, डानियल साम्स, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

Loading...