आरसीबीविरुद्ध पञ्जाबको शानदार जित, रोमाञ्चक बन्यो अंक तालिका

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध पञ्जाब किंग्स ३४ रनले विजयी भएको छ ।

जारी सिजनमा पञ्जाबको यो तेस्रो जित हो । उसले ७ म्याचमा तीनमा जित र चार खेलमा हारको सामना गरेको छ ।

आरसीबीको भने यो दोस्रो हार हो । उसले ७ म्याचमध्ये पाँच खेलमा जित हासिल गरेको छ ।

आफ्नो सातौँ म्याचमा पञ्जाबले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान विराट कोहलीले ३५, रजद पाटिदार, हर्षल पटेलले ३१/३१ र कायल जेमिसनले अविजित १६ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा हरप्रीत बारले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा एक मेडनसहित १९ रन दिएर महत्वपूर्ण तीन विकेट लिए ।

हरप्रीतले विराट कोहली, ग्लेन म्याक्सवेल र एबी डिभिलियर्सलाई आउट गरे ।

त्यस्तै, रवि विश्नोईले दुई, मोहम्मद शामी, क्रिस जोर्डन र रिले मेरिडीथले एक/एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

उसका लागि कप्तान केएल राहुलले उत्कृष्ट पारी खेले । उनले ५७ बलमा पाँच छक्का सात चौकासहित अविजित ९१ रन बनाए ।

त्यस्तै, क्रिस गेलले पनि आज आक्रामक पारी खेले । उनले २४ बलमा ६ चौका र दुई छक्कासहित ४६ रनको योगदान दिए ।

हरप्रीत बारले अविजित २५ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा कायल जेमिसनले दुई, डानियल साम्स, युजवेन्द्र चहल र साहबाज अहमदले एक/एक विकेट लिए ।

आरसीबीलाई हराएसँगै पञ्जाब अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । आरसीबी भने तेस्रो स्थानमा कायमै छ ।

२६ म्याच सकिँदा अंक तालिका :

Loading...