‘ओरेन्ज क्याप’का लागि कडा प्रतिस्पर्धा, कसको स्थान कहाँ? [सूचीसहित]

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलमा ‘ओरेन्ज क्याप’ अर्थात् सर्वाधिक रन बनाउने ब्याट्सम्यानको शीर्ष स्थानमा केएल राहुल उक्लिएका छन् ।

गएराति रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध ९१ रन बनाउसँगै उनी शीर्ष स्थानमा उक्लिएका हुन् ।

पञ्जाब किंग्सका कप्तानसमेत रहेका राहुलले ७ म्याचमा तीन अर्धशतकसहित तीन सय ३१ रन बनाएका छन् ।

उनी गत सिजनको ‘ओरेन्ज क्याप’ विजेता ब्याट्सम्यान पनि हुन् ।

सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा दिल्ली क्यापिटल्सका शिखर धवन छन् । उनले ७ म्याच खेल्दा दुई अर्धशतकसहित ३ सय ११ रन बनाएका छन् ।

यो सूचीको तेस्रो स्थानमा चेन्नई सुपर किंग्स (सीएसके)का फाफ डुप्लेसिस छन् । उनले ६ खेलमा तीन अर्धशतकको मद्दतमा २ सय ७० रन बनाएका छन् ।

ओरेन्ज क्यापको दौडको चौथो स्थानमा दिल्ली क्यापिटल्सका पृथ्वी शा छन् । उनले ७ म्याचमा तीन अर्धशतकसहित २ सय ६९ रन बनाएका छन् ।

यो सूचीको पाँचौ स्थानमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसन छन् । उनले ६ म्याच खेल्दा एक अर्धशतकसहित २ सय २९ रन जोडेका छन् ।

त्यस्तै, ग्लेन म्याक्सवेल (२२३), जोनी बेयरिस्टो (२१८), रोहित शर्मा (२१५), एबी डिभिलियर्स (२०७) र नीतिश राणा २०१ रनका साथ क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् ।

२६ म्याच सकिँदा सर्वाधिक रन बनाउने १० ब्याट्सम्यान :

Loading...