चेन्नईविरुद्ध बलिङ गर्दै मुम्बई, प्लेइङ-११ मा दुई खेलाडी परिवर्तन

काठमाडौं- भारतमा जारी १४औँ संस्करणको आईपीएलको २७औँ म्याच आज चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध मुम्बई इण्डियन्सले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दिल्लीमा सुरू हुँदैछ ।

मुम्बईले प्लेइङ-११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले जयन्त यादव र नाथनकुल्टर नाइललाई विश्राम दिँदै धवल कुलकर्णी र जिमी नीशमलाई मौका दिएको छ ।

चेन्नईले भने अघिल्लो खेलकै प्लेइङ सेटलाई निरन्तरता दिएको छ ।

मुम्बई र चेन्नई आईपीएल इतिहासका सर्वाधिक सफल टिम हुन् । रोहित शर्मा नेतृत्वको मुम्बईले हालसम्म सर्वाधिक पाँच पटक आईपीएल ट्रफी हात पारेको छ ।

यता महेन्द्रसिंह धोनी कप्तान रहेको सीएसकेले हालसम्म तीन पटक आईपीएल उपाधि जितेको छ । दुई उत्कृष्ट टिमबीच आज हुने म्याच रोमाञ्चक हुने अनुमान छ ।

पछिल्ला पाँच म्याचको तुलान हेर्ने हो भने मुम्बई बलियो देखिन्छ । उसले पाँच खेलमा चेन्नईलाई चार पटक हराएको छ ।

यद्यपि, जारी सिजनमा चेन्नई उत्कृष्ट लयमा देखिएको छ । उसले ६ म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ ।

मुम्बईले भने ६ म्याच खेल्दा तीनमा जित र तीन खेलमा हार ब्यहोरेको छ । अंक तालिकामा चेन्नई शीर्ष र मुम्बई चौथो स्थानमा छ ।

मुम्बईको प्लेइङ ११ : क्विन्टन डिकक (विकेटकीपर), रोहित शर्मा (कप्तान), सूर्यकुमार यादव, कृणाल पाण्ड्या, किरण पोलार्ड, हार्दिक पाण्ड्या, धवल कुलकर्णी, जिमी नीशम, राहुल चहर, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह ।

चेन्नईको प्लेइङ ११ : फाफ डु प्लेसिस, ऋतुराज गायकवाड, मोईन अली, सुरेश रैना, अम्बाती रायडू, रवीन्द्र जडेजा, महेन्द्रसिंह धोनी (कप्तान/विकेटकीपर), साम करन, शार्दुल ठाकुर, दीपक चहर र लुंगी एनगीडी ।

Loading...