अब वानडे विश्वकपमा १४ टिमले खेल्ने, नेपाललाई पनि मिल्न सक्छ मौका

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा टिमको संख्या बढाउने भएको छ ।

सो विश्वकपमा आईसीसीले १४ टिमले खेल्ने निर्णय गरेको हो ।

आईसीसीको बोर्ड बैठकले २०२३ को विश्वकपमा १० टिमबाट बढाएर १४ टिमलाई सहभागि गराउने निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार आईसीसीले विश्वकपमा १६ टिमको सहभागिताका विषयमा बैठकमा छलफल भए पनि अन्तिममा १४ टिमलाई खेलाउने निर्णय गरेको हो ।

वानडे विश्वकपमा टिमको संख्या वृद्धिसँगै एसोसियट राष्ट्रलाई पनि फाइदा हुने भएको छ ।

टिम थप भएसँगै वानडे विश्वकपमा नेपाल छनोट हुने सम्भावना पनि बढेको छ ।

हालसम्म नेपाल एकदिवसीय विश्वकपमा छनोट हुन सकेको छैन ।

टी-२० विश्वकपमा भने नेपालले खेलिसकेको छ ।

नेपालले सन् २०१४ मा भएको विश्वकपमा सहभागिता जनाएको छ । त्यसयता भने नेपालल आईसीसी टी-२० विश्वकपमा छनोट हुन सकेको छैन ।

Loading...