राजस्थान भर्सेस हैदराबाद : यस्तो छ आज दुवैको प्लेइङ-११

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत राजस्थान रोयल्सविरुद्ध  सनराइजर्स हैदराबादले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल ३ः४५ बजेदेखि दिल्लीमा सुरू हुँदैछ ।

हैदराबादले प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन गरेको छ । उसले डेविड वार्नर, जगदिश सूचीत र सिद्धार्थ कौललाई विश्राम दिँदै मोहम्मद नाबी, भुवनेश्वर कुमार र अब्दुल समदलाई मौका दिएको छ ।

राजस्थानले प्लेइङ-११ मा दुई खेलाडी परिवर्तन गरेको छ । उसले जयदेव उनादकट र शिवम दुबेलाई आराम दिएर अनुज राउत र कार्तिक त्यागीलाई अवसर दिएको छ ।

अनुजको यो डेब्यू म्याच हो ।

जारी सिजनमा हैदराबादले ६ म्याचमध्ये पाँचमा हार र एक खेलमा जित हात पारेको छ । राजस्थानले ६ म्याचमध्ये दुईमा जित र चार खेलमा हारको सामना गरेको छ ।

राजस्थानको प्लेइङ-११ : जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन (कप्तान), अनुज, डेविड मिलर, राहुल तेवटिया, रियान पराग, क्रिस मोरिस, कार्तिक त्यागी, चेतन सकरिया र मुस्तफिजुर रहमान ।

हैदराबादको प्लेइङ-११ : जोनी बेयरस्टो, मनीष पाण्डे, केन विलियमसन (कप्तान), केदार जाधव, विजय शंकर, मोहम्मद नाबी, राशिद खान, भुवनेश्वर कुमार, अब्दुल समद, सन्दीप शर्मा र खलील अहमद ।

Loading...