राजस्थानद्वारा हैदराबादलाई विशाल लक्ष्य, बटलरले गरे चौका/छक्काको वर्षा

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईएपीएलको २८औँ म्याचमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई २ सय २१ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २१ रन बनायो ।

उसका लागि ओपनर जोश बटलरले शतकीय पारी खेले ।

उनले ६४ बलमा ११ चौका र ८ छक्कासहित १२४ रन बनाए । टी-२० करियरमा बटलरको यो पहिलो शतक हो । जारी सिजनमा भने उनी शतक बनाउने तेस्रो ब्याट्सम्यान हुन् ।

यो संस्करणमा राजस्थानका कप्तान सञ्जु सामसन र आरसीबीका देवदत्त पाडिक्कलले शतक बनाइसकेका छन् ।

त्यस्तै, आज कप्तान सञ्जु सामसनले ३३ बलमा दुई छक्का र चार चौकाको मद्दतमा सहित ४८ रनको योगदान दिए ।

एशस्वी जैसवाल १२ रनमा आउट हुँदा रियान पराग १५ र डेविड मिलर सात रनमा अविजित रहे ।

बलिङमा सन्दीप शर्मा, राशिद खान र विजय शंकरले एक/एक विकेट लिए ।

Loading...