दिल्लीसँग खेल्नुअघि केएल राहुल अस्पताल भर्ना

काठमाडौं- आईपीएल टिम पञ्जाब किंग्सका कप्तान केएल राहुल अस्पताल भर्ना भएका छन् । उनी एपेन्डिसाइटिसको अपरेशनका लागि अस्पताल भर्ना भएका हुन् ।

गतराति अचानक पेट दुखेपछि राहुल अस्पताल भर्ना भएका थिए । त्यसक्रममा उनलाई एपेन्डिसाइटिस भएको पत्ता लागेको हो ।

राुहलले जारी सिजनका केही म्याच गुमाउने छन् । पञ्जाबले आज मात्रै दिल्ली क्यापिटल्सविरुद्ध म्याच खेल्दैछ ।

जारी सिजनमा राहुलले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । टिमले सात म्याच खेल्दा राहुलले सर्वाधिक ३ सय ३१ रन बनाएका छन् ।

जसमा चार अर्धशतक बनाएका छन् ।

Loading...