ओरेन्ज क्याप रेस : फेरि टपमा उक्लिए गब्बर, अन्यको स्थान कहाँ? (सूची)

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलको ‘ओरेन्ज क्याप’ दौडमा दिल्ली क्यापिटल्सका कप्तान शिखर धवन (गब्बर) पुनः शीर्ष स्थानमा उक्लिएका छन् ।

गएराति पञ्जाब किंग्सविरुद्धको खेलमा ६९ रन बनाएसँगै धवन शीर्ष स्थानमा उक्लिएका हुन् । उनले ८ म्याच खेल्दा तीन अर्धशतकको मद्दतमा ३ सय ८० रन बनाएका छन् ।

त्यस्तै, यो सूचीको दोस्रो स्थानमा पञ्जाब किंग्सका कप्तान केएल राहुल छन् । उनले सात म्याचमा चार अर्धशतकको सहयोगमा ३ सय ३१ रन बनाएका छन् ।

सर्वाधिक रन बनाउने सूचीको तेस्रो स्थानमा चेन्नई सुपर किंग्स (सीएसके)का फाफ डुप्लेसिस छन् । उनले सात म्याचमा चार अर्धशतकसहित ३ सय २० रन बनाएका छन् ।

त्यस्तै, दिल्ली क्यापिटल्सका पृथ्वी शा चौथो स्थानमा उक्लिएका छन् । उनले ८ म्याचमा तीन अर्धशतकसहित ३ सय ८ रन बनाएका छन् ।

राजस्थान रोयल्सका कप्तान सञ्जु सामसन यो सूचीको पाँचौँ नम्बरमा उक्लिन सफल भएका छन् । उनले ७ म्याच खेल्दा २ सय ७७ रन बनाएका छन् ।

त्यस्तै, मयंक अग्रवाल (२६०), जोश बटलर (२५४), रोहित शर्मा (२५०), जोनी बेयरिस्टो (२४८) र ग्लेन म्याक्सवेल २२३ रनका साथ क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् ।

२९ म्याच सकिँदा सर्वाधिक रन बनाउने १० ब्याट्सम्यान :

Loading...