विराटलाई आज इतिहास रच्ने अवसर, बन्ने छन् यो ‘कीर्तिमान’ हासिल गर्ने पहिलो कप्तान

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर) खेल्दैछन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरू हुनेछ ।

जारी संस्करणमा आरसीबीले सात म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ । केकेआरसँग खेल्नुअघि आरसीबी अंक तालिकाको तेस्रो स्थानमा छ ।

त्यस्तै, केकेआरले सात म्याच खेल्दा दुई खेलमा मात्र जित हासिल गरेको छ । हालसम्म केकेआरले दुई पटक आईपीएल उपाधि जितेको छ ।

तीन पटक फाइनलमा पुग्दा पनि विराट कोहली नेतृत्वको आरसीबीले भने उपाधि हात पार्न सकेको छैन । जारी सिजनमा उत्कृष्ट लयमा रहेकाले यो पटक आरसीबीलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ ।

आईपीएल २०२१ म पनि केकेआरमा इयोन मोर्गन र आरसीबीमा विराट कोहली कप्तान छन् ।

आजको म्याच खेलेसँगै विराटले इतिहास रच्ने छन् । उनले आरसीबीका लागि २ सय म्याच खेल्दै इतिहास रच्न लागेका हुन् ।

आईपीएल इतिहासमा हालसम्म कुनै पनि खेलाडीले एक टिमका लागि दुई सय म्याच खेलेका छैनन् ।

आरसीबीको सम्भावित प्लेइङ-११ : देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान), रजत पाटीदार, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर), काइल जेमिसन, डानियल साम्स, वाशिङ्टन सुन्दर, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

केकेआरको सम्भावित प्लेइङ-११ : राहुल त्रिपाठी, सुनील नारायण, नीति राणा, इयोन मोर्गन (कप्तान) आन्द्रे रसेल, दिनेश कार्तिक (विकेटकीपर), प्याट कमिन्स, गुरकितमान सिंह/शेल्डन ज्याक्सन, शिवम मावी/कमलेश नागरकोटी, वरुण चक्रवर्ती र प्रशिद्ध कृष्णा ।

Loading...