आफ्नो कप्तानीमा दिल्ली शीर्षमा उक्लिएपछि यस्तो भन्छन् पन्त

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ ।

गएराति भएको खेलमा पञ्जाबलाई हराउँदै दिल्ली फेरि शीर्ष स्थानमा पनि उक्लिएको छ ।

दिल्लीले जारी सिजनमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले सात म्याचमध्ये दुई खेलमा मात्र हारको सामना गरेको छ ।

चेन्नई सुपर किंग्स (सीएसके)लाई पछि पार्दै टिम शीर्ष स्थानमा उक्लिएपछि कप्तान ऋषभ पन्तले आफ्नो प्रतिक्रिया दिएका छन् ।

पञ्जाबसँगको म्याच सकिएपछि प्रेस कन्फरेन्समा कुरा गर्दै उनले टिमको प्रदर्शनप्रति आफू सन्तुष्ट रहेको बताए । पन्तले ओपनरद्वय शिखर धवन र पृथ्वीको खुलेरै प्रशंसा गरे ।

‘हामीलाई धेरै म्याचमा राम्रो सुरुवात मिलिरहेको छ । लगातार शिखर र पृथ्वीले टिमलाई उत्कृष्ट सुरुवात दिलाइरहेका छन्,’ कप्तान पन्तले भने, ‘जब हामी हरेक म्याचमा शानदार सुरुवात गर्छौँ निकै खुसी लाग्छ । साथै, हामीसँग बलिङ लाइन पनि राम्रो छ ।’

साथै, पन्तले गल्तीलाई सच्याउँदै टिमको कप्तानी गरिरहेको बताए । ‘म कप्तानीको आनन्द लिइरहेको छु, हरेक दिन सिकिरहेको छु । टिममा रहेका अनुभवी खेलाड, प्रशिक्षक सबैले मलाई असाध्यै सहयोग गरिरहनु भएको छ,’ पन्तले भने ।

Loading...