केकेआरका महत्वपूर्ण खेलाडीलाई कोरोना, आरसीबीसँगको म्याच स्थगित हुने सम्भावना

काठमाडौं- भारतमा जारी १४ औँ सिजनको आईपीएलमा आज हुने भनिएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको म्याच स्थगित हुने सम्भावना बढेको छ ।

केकेआरका खेलाडीलाई कोरोना पुष्टि भएपछि आजको म्याच हुने सम्भावना बढेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार केकेआरका प्याट कमिन्स, वरुण चक्रवर्ती र सन्दीप वारियर्सलाई कोरोना पुष्टि भएको छ । कोरोना पोजिटिभ देखिएसँगै उनीहरूलाई आइसोलेसनमा राखिएको छ ।

कोको खेलाडीलाई कोरोना पुष्टि भएको बारे केकेआरले भने आधिकारिक जानकारी दिइसकेको छैन । यदि खेलाडीलाई कोरोना पुष्टि भएको पाइएमा आजको खेल स्थगित हुने सम्भावना प्रवल छ ।

जारी संस्करणमा आरसीबीले सात म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ । केकेआरसँग खेल्नुअघि आरसीबी अंक तालिकाको तेस्रो स्थानमा छ ।

त्यस्तै, केकेआरले सात म्याच खेल्दा दुई खेलमा मात्र जित हासिल गरेको छ । हालसम्म केकेआरले दुई पटक आईपीएल उपाधि जितेको छ ।

Loading...