स्टार क्रिकेटर थिसरा परेराले लिए संन्यास, यस्तो रह्यो उनको अन्तर्राष्ट्रिय करियर

काठमाडौं- श्रीलंका क्रिकेट टिमका अनुभवी अलराउन्डर थिसरा परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

उनले आज अन्तर्राष्ट्रिय क्रिकेटमा तिनै वटै प्रारूपबाट संन्यासको घोषणा गरेका हुन् ।

३२ वर्षीय परेराले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा १६६ वानडे, ८४ टी-२० र ६ टेष्ट म्याच खेले ।

उनले वानडेमा १० अर्धशतक र एक शतकसहित २ हजार ३३८, टी-२० मा तीन अर्धशतकसहित १ हजार २ सय ४ रन बनाए ।

परेराले ६ टेष्ट म्याचमा एक अर्धशतकसहित २ सय ३ रन बनाए । त्यस्तै, उनले बलिङतर्फ वानडेमा १७५, टी–२० मा ५१ र टेष्टमा ११ विकेट लिए ।

परेराले केही दिनअघि मात्र एक घरेलु प्रतियोगितामा ६ बलमा ६ छक्का हिर्काएका थिए । उनले श्रीलंकाका लागि अन्तिम पटक १४ मार्च २०२१ म खेलेका थिए ।

परेराले आईपीएल, बिग बास लिग (बीबीएल), सीपीएललगातयत प्रतिष्ठित क्रिकेट लिग पनि खेलिसकेका छन् ।

Loading...