आईसीसीले टी-२० वरियताबाट पाँच टिमलाई हटायो

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विभिन्न पाँच टिमलाई टी-२० वरियताबाट हटाएको छ ।

आईसीसीले गाम्बिया, घाना, हंगेरी सिएरा लियोन र स्वीडेनलाई वरियताबाट हटाएको हो ।

आईसीसीको नियमअनुसार वरियतामा समावेश हुन पछिल्ला तीन वर्षमा कम्तिमा ६ टी-२० म्याच खेलेको हुनुपर्छ ।

तर, यी पाँच देशले पछिल्लो तीन वर्षमा ६ टी-२० म्याच पनि खेलेनन् । जसकारण ती देशलाई आईसीसीको वरियताबाट हटाइएको हो ।

योसँगै अब टी-२० वरियता ८५ बाट ८० मा सीमित बनाइएको छ ।

आईसीसी टी-२० वरियतामा इंग्याण्ड शीर्ष स्थानमा कायमै छ नयाँ वरियतामा इंग्ल्याण्डलाई पाँच अंकको फाइदा भएको छ ।

नयाँ वरियतामा भारत दोस्रो स्थानमा कायमै छ । भारतले नयाँ वरियतामा दुई अंक थप पाएको छ ।

त्यस्तै, न्यूजिल्याण्ड टी-२० वरियताको तेस्रो पाकिस्तान चौथो स्थानमा छ ।

अष्ट्रेलियालाई दुई स्थानको घाटा हुँदै पाँथौ स्थानमा झरेको छ ।

त्यस्तै, दक्षिण अफ्रिका छैठौँ, अफगानिस्थान सातौँ, श्रीलंका आठौँ, बंगलादेश नवौँ र वेष्ट इण्डिज दसौँ स्थानमा छ ।

टप-१० बाहिर सबैभन्दा बढी फाइदा बहराइन, मेक्सिको र माल्टालाई भएको छ ।

बहराइन आठ स्थानको फाइदामा ४१ औँ, मेक्सिको १५ स्थानको फाइदामा ४६ औँ र माल्टा ११ स्थानको फाइदामा ५८ औँ स्थानमा रहेको छ ।

त्यस्तै, थाइल्याण्ड क्रिकेट टिम पनि सात स्थानको फाइदामा ५९ औँ स्थानमा उक्लिएको छ । अर्जेन्टीनालाई सबैभन्दा बढी घाटा भएको छ ।

अर्जेन्टिना ४६ औँ स्थानबाट खस्किएर ५० औँ स्थानमा पुगेको छ ।

नेपाललाई दोहोरो फाइदा

आईसीसीको टी-२० क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो ।

तस्बिर : कान्तिपुर

यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो । घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको उपाधिसमेत नेपालले जितेको थियो ।

नेपालको टी-२० मा उत्कृष्ट वरियता ११औँ स्थान हो ।

यस्तै, नेपालले एकदिवसीय वरियतामा समेत सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा छ । यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो ।

एक दिवसीयको नयाँ वरियतामा न्यूजिल्याण्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।

नयाँ वरियताको टप-१० टिम :

Loading...