मुम्बई र हैदराबाद खेल्दै आज, यस्तो हुन सक्छ दुवैको प्लेइङ-११

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत ३१औँ म्याचमा आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दिल्लीमा सुरू हुनेछ ।

जारी सिजनमा हैदराबादले सात म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ । मुम्बईले भने सात म्याच खेल्दा चारमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

अंक तालिकाका मुम्बई चौथो र हैदराबाद पुछारमा छ । पछिल्ला पाँच म्याचमा हैदराबादले मुम्बईलाई एक खेलमा मात्र पराजित गर्न सफल भएको छ ।

हैदराबादको सम्भावित-११ : मनीष पाण्डे, जोनी बेयरिस्टो (विकेटकीपर), केन विलियम्सन (कप्तान), केदार जाधव, अब्दुल समद, विजय शंकर, जेसन होल्डर, राशिद खान, भुवनेश्वर कुमार, खलील अहमद र सन्दीप शर्मा ।

मुम्बईको सम्भावित-११ : रोहित शर्मा (कप्तान), क्विन्टन डीकक (विकेटकीपर), सूर्यकुमार यादव, कृणाल पाण्ड्या, किरण पोलार्ड, हार्दिक पाण्ड्या, जिमी नीशम, राहुल चहर, धवल कुलकर्णी, जसप्रीत बुमराह र ट्रेन्ट बोल्ट ।

Loading...