अमलाले खेले २१५ रनको पारी, केमार एक्लैले लिए ८ विकेट

काठमाडौं- इंग्ल्याण्डमा जारी काउन्टी च्याम्पियनशिपअन्तर्गत ह्याम्पशायरविरुद्ध हाशिम अमलाले दोहोरो शतकीय पारी खेलेका छन् ।

सरे टिमबाट प्रतियोगिता खेलिरहेका दक्षिण अफ्रिका पूर्वखेलाडी अमलाले पहिलो इनिङ्समै ३६७ बलमा २२ चौकासहित २१५ रन बनाए ।

उनी २१५ मा आउट नभई ‘रिटायर्ड हट’ भएका हुन् ।

३८ वर्षीय अमलाको शानदार प्रदर्शनले ह्याम्पशायरविरुद्ध सरे एक इनिङ्स र २८९ रनले विजयी भएको छ ।

टस जितेर ब्याटिङको मौका पाएका ह्याम्पशायरले पहिलो इनिङ्समा ९२ र दोस्रो पारीमा १७९ रनमै अलआउट भयो ।

उसका लागि पहिलो पारीमा लुइस म्याकमानुसले सर्वाधिक ३१ रन बनाए । बलिङमा जोर्डन क्लार्कले सर्वाधिक ६ विकेट लिए ।

दोस्रो इनिङ्समा ह्याम्पशायरका लागि पनि लुइस म्याकमानुसले सर्वाधिक ५१ रन बनाए । बलिङमा केमार रोच एक्लैले ८ विकेट लिए ।

पहिलो इनिङ्समा सरेका लागि अमलाले २१५ बाहेक ओली पोपले १३१, कप्तान रोरी बर्नसले ८०, जिमी स्थिमले ७८, रिक्की क्लार्कले १४ र जिमी ओरभर्टले अविजित १३ रन बनाए ।

बलिङमा स्कट करीले सर्वाधिक चार विकेट लिए ।

Loading...