कुशल आईसीसीको ‘प्लेयर अफ द मन्थ’मा मनोनयन, यस्तो छ भोट गर्ने तरिका

काठमाडौं- नेदरल्याण्ड्स र मलेसियासँगको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’ को नोमिनेसनमा परेका छन् ।

उनी अप्रिल महिनाको लागि नोमिनेसनमा परेका हुन् ।

कुशलसँगै पाकिस्तान क्रिकेटर बाबर आजम र फखर जमान पनि मनोनयनमा परेका छन् । बाबर र फखरले दक्षिण अफ्रिकासँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यही वैशाख ११ गते सम्पन्न त्रिकोणात्मक सिरिजमा कुशलले ५ खेलमा २७८ रन बनाएका थिए । यो सिरिजमा कुशल सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए ।

कुशलले डेब्यू सिरिजमै लगातार तीन अर्धशतक बनाउँदै कीर्तिमान बनाएका थिए । उनले पाँच इनिङ्समा चार अर्धशतक बनाए ।

कसरी गर्ने कुशललाई भोट? उनलाई भोट गर्नको लागि यो लिंकमा क्लिक गर्नुस् । र, आफ्नो नाम र इमेल भर्नुहोला ।

Loading...